चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालान गर्ने सम्बन्धि सम्झौता सम्पन्न

चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स किड्नी डायलासिस प्रोजेक्ट कमिटी बीच चन्द्रागिरि नगरपालिका वडा नं ४ मा अवस्थित प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा संचालन गर्ने सम्बन्धि सम्झौता पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ E, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलासिस सेवा संचालान हुनेछ।

अबको ६ महिना भित्रनै उक्त सेवा सुचारु हुने उक्त कमिटीका अध्यक्ष राजु महर्जनज्युले जानकारी गराउनु भयो।