फाल्गुन १४ गते शनिबार चन्द्रागिरि नगर क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना हुने

फोटो म्युजियम नेपालको आयोजनामा चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानहरूमा यस क्षेत्रका पुराना तस्बिहरूको प्रदर्शनी हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको सहकार्यमा हुन लागेको उक्त प्रदर्शनी कार्यक्रम अन्तर्गत पुरानो नैकाप चोकमा फाल्गुन १४ गते चन्द्रागिरि नगर क्षेत्रका कम्तीमा १२० वटा पुराना तस्बिर एवं स्केचहरू देखाइनेछ । कार्यक्रमा १९३ वर्षअघि थानकोट क्षेत्रमा कोरिएका स्केच तथा पानी फोटोहरू पनि समावेश गरिनेछ ।



jibss

त्यस्तै हिजो र आज शीर्षकमा करिब ३ दर्जन तस्बिरहरूको तुलनात्मक रूपमा फोटो प्रदर्शनी गरिने आयोजकले  जानकारी दिएको छ । बिहान ९ बजेदखी दिउँसो २ बजेसम्म हुने भनिएको उक्त प्रदर्शनी हेर्न कुनै शुल्क लाग्नेछैन् । चन्द्रागिरि स्पोर्टस् क्लब/एकेडेमी नैकापले उक्त कार्यक्रम आयोजनामा सहजीकरण गर्ने बुझिएको छ ।