एकता दिवसकाे अबसरमा बृद्धा अाश्रममा सेनाकाे सहयाेग

“राष्ट्रिय एकता दिवस तथा ३०० ‌औं पृथ्वी जयन्ती” को उपलक्ष्यमा नेपाली सेनाको थानकोट स्थित पानीघाट व्यारेकमा तैनाथ उपत्यका पृतना तालिम शिक्षालयद्वारा चन्द्रागरी न.पा., वडा नं. ६ मातातिर्थ स्थित मातातिर्थ वृद्धआश्रम समितिमा रहेका २३ (तेईस) जना वृद्ध आमाहरुलाई खाद्यान सामाग्री वितरण गर्नुको साथै वृद्धआश्रम हाताभित्र सरसफाई कार्यक्रम संचालन गरेको ।
‘सेवा नै धर्म हो’ भन्ने उक्तिलाई आत्मसाथ गराउन उक्त कार्यक्रममा श्री चुनदेवी मा.वि. पानीघाटमा संचालन भईरहेको राष्ट्रिय सेवा दल (National Cadet Corps-NCC) जुनियर डिभिजन तालिममा तालिमरत छात्र/छात्राहरु समेत सहभागी भएको । भविष्यका कर्णधार छात्र/छात्राहरु समाजिक कार्यमा सहभागी हुन पाउंदा उत्साहित देखिन्थे । उक्त शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी ज्योति कुमार थापाको नेतृत्वमा गएको सेनाको टोलीको सहयोग प्रति वृद्धआश्रमका संयोजक राम थापाले आभार व्यक्त गर्दै भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिन गर्नु भएको थियो ।