
चन्द्रागिरी न.पा. वडा नं. १ दहचोकबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरी बृत्त थानकोटले सार्वजनिक गरीएको छ।
चन्द्रागिरी न.पा. वडा नं. १ दहचोकबाट जिल्ला धादिङ गजुरी गाँउपालीका वडा नं. ८ घर हुने बर्ष २२ को राम बहादुर तामाङको साउन १८ गते बा. प्र -०२-०२८ प ९२२२ नं. यामाहा कम्पनिको R15 मोटरसाईकल चोरी भएको प्रहरीले बताए।
काठमाण्डौ चन्द्रागिरी नगरपालीका वडा नं. २ पेट्रोलपम्प स्थित सडकखण्डमा बिक्की रोक्काको साथबाट नम्बर प्लेट परिवर्तन गरिएको अबस्थामा उक्त मोटरसाईकल फेला पारी मोटरसाईकल सहित चन्द्रागिरी नगरपालीका वडा नं. १२ मुखिया गाँउ बस्ने बर्ष २८ को बिक्की रोक्कालाइ पक्राउ गरेको हो । बिक्की रोक्काले बा प्र -०२-०२८ प ९२२२ नं. को यामाहा कम्पनिको R15 मो.सा. नं. प्लेट परिवर्तन गरी बा.प्र.०२-३७ प ०४६५ बनाई चलाई रहेको प्रहरी वृत थानकोटले बताए।
यस घटनाका सम्बन्धमा बिक्की रोक्का ऐन अनुसार ‘चोरी सम्बन्धी कसूर’ मा प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको जानकारी गराए।