बलम्वु सहकारी समूहद्वारा दोस्रो सस्करण “फोटो प्रतियोगिता” आयोजना गरिने

बलम्वु सहकारी समूहको आयोजनामा दोस्रो सस्करण “चन्द्रागिरि नगरको विभिन्न ऐतिहासिक जात्राहरु” शीर्षकमा २०७९ सालको भित्तेपात्रो प्रयोजनाका लागि फोटो प्रतियोगिता हुन भएको छ।

संस्थाद्धारा जारी विज्ञप्तीका अनुसार आजबाट सुरू भएको प्रतियोगितामा इच्छुकहरूले चैत्र २० गतेसम्म फोटो पेश गर्न सक्नेछन् ।

चन्द्रागिरि नगरक्षेत्रका विभिन्न जात्रा एवं परम्परामा केन्द्रित रहेर खिचिएका फोटाले प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ । प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ७ हजार पाँच सय र तृतिय हुने फोटोले ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने सहकारी समुहका अध्यक्ष सत्यराज श्रेष्ठले जानकारी दिनुभयो । उत्कृष्ठ तस्बिहरू वि.संं २०७९ सालमा समुहले प्रकाशित गर्ने क्यालेण्डरमा समावेश हुने बताइएको छ । चैत्र २३ गते प्रतियोगिताको विजेता चयन हुनेछन् ।

प्रतियोगितामा सहभागी हनु लागि निम्न नियमहरु उल्लेख गरिएको छ।

नियमहरू:

  1. सहमागी प्रतियोगीहरुको कुनै उमेरको हदबन्दी लागुहुने छैन ।
  2. फोटो चन्द्रागिरि नगरको विभिन्न जात्राहरुको हुनुपर्नेछ ।
  3. बलम्व्‌ सहकारी समूहको आधिकारी इमेल [email protected] मा बढीमा ५ वटासम्म फोटो पठाई सहभागी जनाउन सकिनेछ ।
  4. फोटो २०७८ चैत्र ६ गते देखि चैत्र २० गते सम्म पठाउनु पर्नेछ ।
  5. प्रथम पुरस्कार नगद रु.१0,000/-, द्वितीय रु.७,800/- र तृतीय रु.३,000/- हुनेछ ।
  6. यस प्रतियोगितामा सहभागी भई पुरस्कृत फोटोहरु बलम्वु सहकारी समूहले छाप्ने २०७४ को भित्तेपात्रोमा प्रकाशित गर्न फोटोग्राफरहरु मञ्जुर भएको मानिनेछ ।
  7. पुरस्कार लिन विजयता स्वर्य उपस्थित हुनुपर्नेछ ।
  8. स्वतन्त्र निर्णायक मण्डलले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
  9. मिति २०७८ चैत्र २३ गते यस समूहको फेसबुक पेजबाट विजयताहरको नाम प्रकाशित गरिनेछ ।
  10. प्राप्त फोटोहरु २०७८ भित्तेपात्रो बाहेक अन्य प्रयोजनका लागि उपयोग गर्नुपरेमा फोटोग्राफरसँग अनुमति लिई वा थप सम्झौता गरि मात्र प्रयोग गरिनेछ ।

प्रतियोगतिमा फोटो मान्य हुने अतस्थाहरू:

  1. फोटोहरु चन्द्रागिरि नगरको विभिन्न जात्राहरुको स्वयंले खिचेको हुनुपर्नेछ ।
  2. फोटो Landscape र JPEG format मा हुनु पर्नेछ ।
  3. फोटो साईज 5MB वा सो भन्दा बढी हुनु पर्नेछ ।
  4. फोटो पठाउँदा आफनो नाम, ठेगाना, फोन नं., Email Address, Passport size photo  र फोटोहरुको
    छोटो विवरण अनिवार्य समावेश गर्नु पर्नेछ ।
  5. फोटो पठाउँदा फोटोको File Name यस प्रकारको हुनुपर्नेछ । (चन्द्रागिरि फोटो 0७८_नाम_फोटो संख्या)
    उदाहरण: CP078_Ram Bahadur Shrestha_01.jpg
  6. फोटोमा Watermark नभएको र फोटो Manipulation नभएको हुनुपर्नेछ ।
  7. पठाइएका फोटोहरुले कुनै ब्राण्डको प्रचार वा प्रोत्साहन नगरेको हुनुनपर्नेछ ।