चन्द्रागिरि नपाका प्रअ र शिक्षकहरू भक्तपुरको वागीश्वरी विद्यालय भ्रमणमा

वागीश्वरी माध्यमिक विद्यालयमा चन्द्रागिरि नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख सुजनराज खनालको नेतृत्वमा चन्द्रागिरिका विभिन्न स्कूलका प्रअ तथा शिक्षकहरूको एक प्रतिनिधिमण्डलले अध्ययन अवलोकन भ्रमण गरेर असल अभ्यास आदानप्रदान गरेको छ । सो अवसरमा वागीश्वरी स्कूलका प्रअ कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीको बढ्दो चापअनुसार पर्याप्त शिक्षक दरबन्दी नहुँदा निजी स्रोतबाट शिक्षक व्यवस्थापन गरी सक्दो सस्तोमा स्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

स्थानीय जनताको अगुवाइमा विद्यालय स्थापना भएको इतिहास बताउँदै उहाँले हाल पूर्व प्राविदेखि कक्षा १२ सम्ममा चार हजार तीन सत्न्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । हरेक विद्यार्थीको कमजोरीअनुसारको अतिरिक्त उपचार कक्षाका कारण बीएलई, एसईई र कक्षा १२ को नतिजा उत्साहजनक हुँदै आएको जानकारी दिँदै २०८० को एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको र तीमध्ये ब्ं मा ७९ जना, ब् मा ७७ जना, द्यं मा ७० र द्य मा १८ जना रहेको बताउनुभयो ।

विद्यालयका प्रअदेखि पियनसम्म सबैले आफ्ना सन्तान आफ्नै स्कूलमा पढाउनुपर्ने नैतिक बन्धनको प्रावधान राखेपछि स्थानीय जनताको स्कूलप्रति विश्वास बढेको र स्कूलको नतिजा पनि उत्साहप्रद भइरहेको जानकारी दिँदै उहाँले हरेक वर्ष वागीश्वरी स्कूलको पनि विभिन्न स्कूलमा अध्ययन भ्रमण गरिरहेको बताउनुभयो ।
छलफल कार्यक्रममा चन्द्रागिरि नगरभित्रका स्कूलहरूमा भइरहेका असल अभ्यासहरूको जानकारी दिँदै उहाँले चन्द्रागिरिमा घुम्ती विद्यालयको व्यवस्था गरेको, शिक्षक प्रतिभाको डवली सञ्चालन गरेको, बालबालिकासँग मेयर कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वागीश्वरी स्कूल कक्षा ११–१२ का संयोजक ज्ञानसागर प्रजापतिले भक्तपुर नगरमा एनजीओ र आइएनजीओलाई नपाको अनुमतिबिना स्कूलमा कुनै कार्यक्रम गर्न नदिएको बताउनुभयो । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पनि वागीश्वरी स्कूलले गर्दै आएको असल अभ्यासबारे जानकारी दिनुभएको थियो ।

चन्द्रागिरिका विभिन्न ८ ओटा मा.वि.का ५० जना शिक्षकहरूको उक्त प्रतिनिधिमण्डलले वागीश्वरी स्कूलको आगन्तुक पुस्तिकामा लेख्यो, “विद्यालय अनुगमनको क्रममा यस वागीश्वरी मावि भक्तपुरमा पुग्दा विद्यालयको भौतिक संरचना, कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पूर्व प्राविका कक्षा व्यवस्थापन र शैक्षिक सामग्रीको निर्माण र प्रयोग, विद्यालय हाताको सरसफाइ, प्रअ कक्ष, शिक्षक स्टाफ कक्ष, प्रशासनिक भवन, शुद्ध खानेपानी, विद्यालय नर्सको बन्दोबस्त राम्रो रहेको पाइयो ।”

Online Majdoor Newsportal