राष्ट्रिय युवा संघको स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिद्वारा आयोजित स्लो बाईक प्रतियोगिता कम्पिटिसन कार्यक्रम हाडिगांउ स्थित भत्केपुलमा सम्पन्न भएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनकरण कम गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ भने समय भन्दा १५ मिनेट अगाडि गन्तव्यमा पुग्न पर्ने ,slow ride long life भन्नि मुल नाराका रहेको आयोजकले बाताए। राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबे कार्यक्रममा प्रमुख अतिथि रहेकोमा युवा बर्गहरुको बाक्लो उपस्थिति रहेको थियो ।

साथै यस प्रतियोगिता १८० जनाको प्रतिस्पर्धामा राजकुमार कार्किले ३२००० नगद सहित प्रथम हासिल गर्न सफल भएको थियो भने द्वितियमा सुजार तामाङले २०,०००  र तिृतियमा चन्द्रमान श्रेष्ठले नगद १०,०००  पुरस्कार पाएको थियो ।