
काठमाडौं । ट्राफिक प्रहरीले दुईपांग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ ।
तीव्र गतिमा गुडेका दुईपांग्रे सवारीसाधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिका दुर्घटनाको सिकार हुने क्रम बढ्दो रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारीसाधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गरेका छन् ।
प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।