
नेपाल प्रधानाध्यापक संघले राष्टिय सम्मेलनको अवसरमा चन्द्रागिरि नगरपालिका १३ स्थित कंकाली मा.वि.का प्रधानाध्यापक विष्णु प्रसाद पनेरुलाइ लामो सफल कार्यकालको निरन्तरता वापत सम्मानित गारेका छन
लामो सफल कार्यकालको निरन्तरता वापत पनेरु सम्मानित भएका हुन् । प्रत्येक प्रदेशबाट एकजना प्र.अ. सम्मानित भएकोमा बाग्मती प्रदेशबाट प्र.अ. पनेरु सम्मानित भएका हुन् ।
विगत ४० वर्षदेखि निरन्तर सफल प्रधानाध्यापकको रुपमा पनेरु सोही विद्यालयमा स्थापना कालदेखि नै अनवरत रुपमा कार्यरत छन् ।
प्र.अ. विष्णु प्रसाद पनेरुको प्रशासनिक नेतृत्व , कार्यप्रतिको लगाव तथा दृढ संकल्पले सामुदायिक विद्यालयको गुणस्तर उकास्न सफल भएको महसुस अभिभावक , पूर्व विद्यार्थी , स्थानियवासी तथा सरोकारवालाको रहेको छ ।
प्र.अ. पनेरुकै विद्यालयप्रतिको निरन्तर लगावले विद्यालय हाल नमुना विद्यालयको रुपमा आफ्ना शैक्षिक गतिविधिहरु अगाडी बढाउँदै आएको छ । उहाँकै नेतृत्वमा रहेको कंकाली माध्यमिक विद्यालयले हाल प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर इन्जिनियरिङका कक्षाहरु , पढ्दै कमाउँदै कार्यक्रम तथा विभिन्न क्लबमार्फत विद्यार्थीको शैक्षिक विकासमा जोड दिँदै आएको छ ।