गोल्डस्टार युथ क्लबद्वारा आयोजना गरिएको २६ औं रक्तदान कार्यक्रम सम्पन्न

गोल्डस्टार युथ क्लबद्वारा आयोजना गरिएको २६ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नयाँ नैकाप बन्थोक स्थित भन्ज्याङ १० वजे देखी सुरु भएको रक्तदानमा महिला र पुरूष गरी ५८ जना रक्तदाताहरूले रक्तदान गरेको छ।

‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ गोल्डस्टार युथ क्लबले आयोजना गरेको कार्यक्रममा गोल्ड स्टार बचत तथा ऋण सहकारी सस्था लि. प्रायोजन र बन्थःचा मिसा पुचले सहयोगी भूमिका निभाएका छन्। 

कार्यक्रममा ३ वटै संस्थाका पदाधिकारीसँगै सदस्य तथा शुभेच्छुकहरूले रक्तदान गरे भने अन्य सहभागीहरूले पनि रक्तदान गरे छन्। कार्यक्रममा अतिथि च.न.पा १४ का वडा अध्यक्ष राजभाइ महर्जनले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

यस क्लबका व्यवस्थापक आशिष कुमार महर्जनले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरू गर्दै आइरहेको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर बिःसं २०५४ साल देखी नै रक्तदान कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।