Home समाज नेपाल तरुण दल काठमाडौ क्षेत्र नं १० को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।।।

नेपाल तरुण दल काठमाडौ क्षेत्र नं १० को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।।।

0
नेपाल तरुण दल काठमाडौ क्षेत्र नं १० को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।।।

नेपाल तरुण दल क्षेत्र नं १० को आयोजना ,नेपाल स्वयंसेवक रक्तदाता समाजको समन्वय तथा रक्तसञ्चार सेवा भक्तपुर ,खरिपाटिको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएका तथा नेपाल तरुण दल काठमाडौ क्षेत्र नं १० का सभापति श्री इश्वर लामा ज्यु ले यस्तो विषम परिस्थितिमा बिरामिहरुलाई रक्तजन्य पदार्थको कमि नहोस भन्ने उद्धेश्यले आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा १०२ जना दानविरहरुले आफ्नो रगत दान गर्नु भएको र उहाँहरुको मानवीय तथा पुण्य कार्यको उच्च प्रसम्सा र सम्मान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने उपस्थित सबैमा धन्यवाद ब्यक्त गर्नु भयो र नेपाल तरुण दल सदैव जनताको जुनसुकै आपत बिपतमा सहयोग गर्न जुनसुकै अवस्थामा तयारी अवस्थामा रहेको पनि बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद राजन केसि ज्यु र विशेष अतिथिमा नेपाल स्वयंसेवक रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यको उपस्थिति रहेको थियो ।