विश्व बंधुत्व दिवसको अवसरमा ब्रह्माकुमारीजद्वारा रक्तदान महाअभियान आयोजना

​काठमाडौं: विश्व बंधुत्व दिवसको अवसर पारेर ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सामाज सेवा प्रभाग, नेपालले रक्तदान महाअभियान २०२५ आयोजना गर्ने भएको छ। ‘तपाईको रगत, जीवनको वरदान’ भन्ने मूल नाराका साथ यो महाअभियान सञ्चालन गर्न लागिएको हो।

​आगामी २०८२ साल भदौ ७ गते शनिबारका दिन सतुंगल १० स्थित आँगन रिसेप्सनमा हुने यस कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई आग्रह गरेको छ। बिहानैदेखि सुरु हुने यस कार्यक्रमले जीवन बचाउन, आशा जगाउन र समाजमा एकताको भावना बढाउन मद्दत गर्ने विश्वास लिइएको छ।

​राजयोगिनी दादी प्रकाशमणिज्यूको पुण्य स्मृतिमा समर्पित यो रक्तदान कार्यक्रम ‘मुटुसरी रगत पनि शरीरको अङ्ग, थोपा थोपा रगतमा छ जीन्दगीको रङ्ग’ भन्ने सन्देशका साथ अगाडि बढाइएको छ।

​रक्तदान गर्न इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि ९८५१२२७१०१ मा सम्पर्क गर्न सक्नेछन्। साथै, दर्ताका लागि दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो नाम दर्ता गराउन पनि सकिने आयोजकले जनाएको छ। ब्रह्माकुमारीजले यस पुण्य कार्यमा सहभागी भई कसैको दोस्रो मौकाको कारण बन्न सबैलाई आह्वान गरेको छ।