दहचोककाे सव्य र सुन्दर बस्ती विकासमा रक्तेढुङ्गा

रोशन दानी,
राजधानीबाट अत्यन्त नजिक रहेर पनि काठमाडौँ, पश्चिमभेगको दहचोकमा रहेका ऐतिहासिक एवम् पर्यटकीय स्थलहरुमा पर्याप्त पर्यटक भित्र्याउन हालसम्म कुनै पहल हुनसकेको छैन । आन्तरिकमात्र नभई पर्याप्त विदेशी पर्यटक भित्रिने मुलुककै राजधानी नजिक प्रशस्त्र पर्यटकीय आकर्षणका सम्भावना रहेको दहचोक क्षेत्र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

प्राकृतिक, ऐतिहासिक एवम् सांस्कृतिक रुपमा समृद्ध भएर पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार एवम् पर्यटक आकर्षित गर्ने खालका कार्यक्रमको अभावमा दहचोकको पर्यटकीय वैभव पर्यटकबाट टाढै रहेका छन् ।

काठमाडौको कलङ्कीदेखि ५ किमिको दूरी उत्तर–पश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिबाट अत्यन्त रमणीय र आकर्षक स्थल मानिन्छ । काठमाडौँ उपत्यका एकसाथ देख्न सकिने सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेका स्थानहरु पनि थुप्रै छन् ।

दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको सामाधीस्थल, दुई ओडारलगायतका पर्यटकीय स्थल त्यहाँको प्रमुख आकर्षण केन्द्र हुन् । प्रत्येक वर्ष भाद्रशुक्ल पूर्णिमाका दिन दहचोकस्थित इन्द्रदहमा इन्द्रदह स्नान मेला लाग्छ, मेला भर्न टाढाटाढाबाट हजारौं श्रद्धालु भक्तजन आउने गर्छन् ।

दहचोकलाई सव्य र सुन्दर बस्ती विकासमा रक्तेढुङ्गा सम्पदा बस्ती टोल सुधार समिति
साविक दहचोक गाउँ विकास समितिबाट दहचोक नगरमा परिर्वतन भई सकेको छ । दहचोक हाल चन्द्रागिरि नगरपालिका १ अन्तर्गतको एउटा विशाल वडाको रुप धारण गरिसकेको छ । दहचोकमा दिन प्रतिदिन गाउँहरु शहरको परिर्वतित रुपमा विकास हुदै छ । सो अन्र्तगत दहचोकका स्थानिय रमेश गिरीको नेतृत्वमा रक्तेढुङ्गा सम्पदा बस्ती टोल सुधार समिति समेत गठन गरेर टोलको समृद्धि विकास र नयाँ पन दिने कामहरु उलेख्यि रुपमा भईरहेको छ । रक्तेढुङ्गा सम्पदा बस्ती टोल सुधार समिति दहचोक २०७७ अशोज १३ गते स्थापना भएर विधिवत रुपमा उद्घाटन २०७७ फागुन २७ गते भएको थियो । यसको उदेश्य भनेकै सामाजिक सद्भावका लागि एकताका साथ सामाजिक कार्य गर्नुनै हो । समितिले दहचोककै नमुना बस्ती विकासका लागि अग्रणी भुमिका निर्वाह गरिरहेको छ ।

 

रक्तेढुङ्गा सम्पदा बस्ती टोल सुधार समितिले हाल सम्म गरेको कार्य
२८१ मिटर कच्चि सडकलाई स्तर उनणती तथा ढलाल गरि सम्पन्न गरिसेको छ । बस्ती सम्पदालाई सुन्दर र हरावरा बनाउन सडकको दायाँबायाँ विभिन्न जातका विरूवा रोप्न तथा घरमा समेत एक घर एक बिरुवा रोपन कार्यमा प्रोत्साहन गरिएका अध्यक्ष रमेश गिरीले बताए । सृजना चोक वस्ति मेन गेट देखि माथीलो भेग सम्म उज्यालोलागि बक्ति जडान समेत गरेर सुरिक्षित बतावरण तयार पारेको छ । समितिकै पहलमा सडकको दायाँबायाँ ढलबाट सरसफाइ र फोहोर व्यवस्थापन कार्यक्रम समेत गरिरहेको देख्न सकिन्छ ।

टोलमा प्लास्टिक, पशु जन्य फोहोर मुक्त क्षेत्र बनाउन काम भईरहेको र ८० % सुधार आएको समितिको दावी छ । समितिकै पहलमा वटुवा र विश्रामको लागि फलाम र काठ जडित बेन्च समेत निमार्ण गरि सुविधा पुयाएको देख्न सकिन्छ ।
कोभिड १९ भाईरस विरूद टोल समदायमा किटनासक पेस्टसाईट गरिएको छ । खहरे चोक गैह्री गाउँ र कालापानी, त्रिवेणी चोक सम्म समितिको पहलमा सम्पन्न गरि सकेको छ । समितिले जेठ नागरिकहरुलाई सम्मान कार्यक्रम समेत गरेर प्रत्साहान पुर्‍याएको छ । चनपा १५ को सहयागमा डस्टविन र कोसी खेती कार्यक्रमको लागि सहयोग प्राप्त गरेको थियो । कोसी खेतीमा ५ जना तालिम दिए पश्चात उनिहरूलाई थप जनशत्ती उत्पादमा सहजता पैदा गराएको छ । महिला सशक्तीकरण अन्तरगत प्रशिक्षण पारिवारिक सद्भाव कायम होस भनेर विभिन्न कार्यक्रमहरु समेत गर्दे समृद्ध समाज निमार्णमा समितिले महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

यो टिमलाई साथ र सहयोग गर्न सके पक्की पनि समृद्ध। टाेल समाज बनाउन पकै मद्दत पुग्ने निश्चित छ । आगमी दिनमा समितिले समृद्ध स्वच्छ चन्द्रागिरि बनाउन पनि सहज हुने देखिन्छ ।