इन्द्रसरोवरमा हाम फालेर बेपत्ता भएका पुरुषको शव फेला

चन्द्रागिरि ।



jibss

इन्द्रसरोवर तालमा बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ। सशस्त्र प्रहरीको गोताखोरले इन्द्रसरोवर तालमा बेपत्ता भएका पुरुषको शव निकालेको हो।

इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका काठमाडौं दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको शव निकालिएको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गएको गोताखोर टोलीले शव निकालेको हो।

मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा गत मंगलवार उनी तालमा हामफाली बेपत्ता भएका थिए।