उपत्यका भित्र चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो

६ साउन ०७९, काठमाडौं ।  बागमति प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । बागमति प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।



jibss

नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ । त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।

यसअघि ५ किलोमिटरसम्म २० रुपैयाँ थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ कायम थियो । बागमति प्रदेश सरकारले बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।