देशैभर हल्कादेखि मध्यम वर्षाको संभावना

काठमाडौं, भदौ ३१। आज मौसम सामान्यदेखि पूर्ण बदली हुँदा देशैभर हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले भारतको मध्यप्रदेश आसपासमा रहेको न्युन चापीय क्षेत्रको प्रभावले नेपालमा अझै केहि दिन वर्षाको संभावना रहेको छ ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकामा मौसम बदली रहदा हल्का पानी पर्नुका साथै दिनभर घाम नलाग्ने छ । त्यस्तै लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षा हुने छ भने बाँकी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।