
चन्द्रागिरिले गत आवमा पुँजीगततर्फ खर्च एक अर्ब २६ करोड विनियोजन गरेको थियो । जसमध्ये ७५ करोड ५३ लाख अर्थात् ५९.६२ प्रतिशत खर्च गरेको छ ।
चाँगुनारायणले आर्थिक वर्ष सुरु हुनेबित्तिकै उपभोक्ता समिति सक्रिय बनाएर काम थालेकाले विकास बजेट धेरै खर्च भएको हो । जहाँ एक अर्ब आठ करोड ५६ लाख विनियोजन भएकोमा ८१.६७ प्रतिशत खर्च भएको छ ।
आर्थिक वर्ष ०७९/८० मा उपत्यकाका २१ स्थानीय तहमध्ये पनि काठमाडौं महानगरपालिकाको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ ।