चन्द्रागिरि केबलकारमा रोकिए इमर्जेन्सी ड्राइभबाट उद्वार,ढिला भए रिसोर्टमा राखिने

चन्द्रागिरि केबलकारमा कुनै समस्या आएर गोण्डुला रोकिएमा तत्कालै इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने जनाएको छ । केही समयअघि केवलकारको गोण्डुला रोकिएपछि चन्द्रागिरि हिल्सले पत्रकार सम्मेलन आयोजना गर्दै प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले यात्रुहरुलाई कुनै समस्या आएमा नआत्तिन आग्रह गरे ।

केबलकारमा विश्वकै सबैभन्दा उत्कृष्ट कम्पनि अस्ट्रेलियाको डुपलमेयर नामक कम्पनीको मेसिन प्रयोगमा ल्याइएकाले सुरक्षामा कुनै सम्झौता नगरिएको बताए । उनले बिजुली गएमा जेनेरेटर प्रयोग गरिने र त्यो पनि नभए इमर्जेन्सी ड्राइभमार्फत उद्वार गरिने बताए ।

गोण्डुलामा रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र लामो समय रोकिएर टप स्टेसनमा रहेकाहरुलाई गाडीमार्फत उद्वार गरिने जनाएको छ । यदि गाडीमार्फत पनि उद्वार गर्न नसकिए केवलकारमा रहेको रिसोर्टमा निःशुल्क रुपमा राख्ने अध्यक्ष ढकालले जानकारी दिए।

प्रालिका इन्जिनियर सरोज चापागाईंले तत्कालै उद्वारका लागि इमर्जेन्सी ड्राइभमार्फत ४०–४५ मिनेटमा उद्वार गरिसक्ने बताए । बिहान अप्रेसन टिमले हरेक दिन परीक्षण गर्ने गरेका छौ, इन्जिनियर चापागाईंले भनेधेरै समय रोकियो भने बैकल्पिक बाटोबाट उद्वार गर्ने छौं ।

चन्द्रागिरि हिल्सका संस्थापक सदस्य अम्विका पौडेल विश्वको नम्बर वान कम्पनिको मेसिन जडान गरिएकले आत्तिनु नपर्ने बताए ।