चन्द्रगिरि केबलकारमा आपतकालीन उद्धार अभ्यास

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौंको चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास गरेको छ ।

प्रहरी बल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा फागुन १५ गते केवलकार आपतकालीन उद्धार अभ्यास-२०८० सम्पन्न भएको हो  ।

प्राकृतीक तथा यान्त्रिक खरावीका कारण केवलकारमा सवार यात्रुहरु विच बाटोमै रोकिन सक्ने जोखिमको सम्भावना अत्याधिक रहने र यसरी रोकिएका यात्रुहरुलाई निश्चित समयमै उद्धार गर्न उद्धारकर्ताले अपनाउनु पर्ने उद्धार उपायको लागि अभ्यास गरिएको हो ।