नेपाल शिक्षक संघ चन्द्रागिरीले नव बर्ष बि.सं २०८० को वार्षिक क्यालेन्डर विमोचन कार्यक्रम

नेपाल शिक्षक संघ चन्द्रागिरीले नव बर्ष बि.सं २०८० को शुभकामना आदानप्रदान तथा वार्षिक क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल शिक्षक संघ चन्द्रागिरीका अध्यक्षको सभापत्तित्वमा भएको कार्यक्रममा चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष नन्दलाल श्रेष्ठ , संघ , प्रदेश ,जिल्ला , विभिन्न नगरपालिका प्रतिनिधिहरु तथा बिधालय प्राध्यापक , विभिन्न राजनीतिक दलका प्रतिनिधि र संचारकर्मी तथा पत्रकारहरुको आतिथ्य र उपस्तिथितिमा भव्य तथा सभ्य रुपमा कार्यक्रम सम्पन भयो । कार्यक्रममा वक्ताहरुले नेपाल शिक्षा क्षेत्रको समसामयिक बिषयमा चर्चा गर्नुको साथै कसरी सामुदायिक बिद्यालयलाई प्रविधिमैत्री तथा गुणस्तरमा सुधार लेराउने भन्ने बिषयमा आफ्नो आफ्नो तर्क राख्नु भएको जानकारी संचारकर्मी सुजना श्रेष्ठले चन्द्रागिरी न्युज डट कम लाई बताउनु भयो ।