चन्द्रागिरि नगरपालिका ७ मा एक जना मृत फेला

१५ भदौ ०७९, काठमाडौं । काठमाडौंको थानकोट र बुढानिलकण्ठमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलस्थित बबरकोट स्नोकर कर्नर सेकुवामा काम गरी बस्ने २९ वर्षीय प्रताप तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चन्द्रागिरि नगरपालिका ७ थानकोट पल्तेन भन्ने स्थानमा सिन्धुपाल्चोक चौतारा नगरपालिका ८ घर भई काठमाडौं कलंकी बस्ने ३३ वर्षीय संजय लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।