
चन्द्रागिरि गएका राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना केबलकारमा अड्किन पुगेका छन्। उनी करिब एक घण्टा केबलकारमा अड्किन पुगेका हुन् । बुधबार मध्याह्न तिमल्सिना चन्द्रागिरिको रिसोर्टमा बस्नेगरी पुगेका थिए । चन्द्रागिरि केबलकारमा विद्युत आपूर्तिमा समस्या उत्पन्न भइ केहीबेर केबलकार रोकिँदा यात्रुहरू बीचमै रोकिएका थिए ।
चन्द्रागिरिमा बेलाबेलामा केबलकारमा यात्रु अड्किने घटना नयाँ भने होइन ।यस विषयमा चन्द्रागिरि केबलकारले भने औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । अध्यक्ष तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले व्यक्तिगत कामका शिलशिलामा चन्द्रागिरि गएको पुष्टि गरेपनि थप विषय आफूलाई थाहा नभएको प्रतिक्रिया दिए र बेलाबेलामा समस्या आउन सक्ने भएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए ।