३० घण्टापछि बोल्यो चन्द्रागिरि हिल्स, केबलकार सेवा अझै अबरूद्ध हुने

चन्द्रागिरि।

चन्द्रागिरि हिल्स ३० घण्टापछि बोलेको छ । केबलकार सेवा बन्द भएको ३० घण्टापछि शनिबार मध्यराति ११ बजे विज्ञप्ति जारी गर्दै चन्द्रागिरि हिल्सले अझै केही समय केबलकार अबरूद्ध हुने जानकारी दिएको छ ।

चन्द्रागिरि हिल्सले विज्ञप्ति मार्फत अझै केही समय केबलकार सेवा अबरूद्ध हुने र सञ्चालनमा आएपछि सूचनाद्धारा जानकारी गराउने जनाएको छ ।

चन्द्रागिरिले सूचना लुकाउँदा हजाराैँ नागरिकले शनिबार दुःख पाएका छन । केबलकार बिग्रिएको सूचना चन्द्रागिरि हिल्सको व्यवस्थापनले नदिँदा सेवा लिनका लागि चन्द्रागिरि पुगेका नागरिकहरू दिउँसो घण्टाैँसम्म कुरेर त्यसै फर्किन विवश भए ।