मच्छेनारायण मन्दिरको गरुड नाग (लिपा वा ढकन) चोरी

चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाँउ स्थित मच्छेनारायण मन्दिरको ढोका माथिको गरुड नाग (लिपा वा धकन) गएराती चोरी भएको छ। गरुड नागमा सुनको जलप राखिएको थियो ।

यस्तै मन्दिरको ढोका फोडेर भगवानको गहना राखिएको बाकस फोडेतापनि त्यसको सामान भने चोरी नभएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।