चन्द्रागिरि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा ईलेक्ट्रिक स्प्रेयर वितरण गर्दै

चन्द्रागिरि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा ईलेक्ट्रिक स्प्रेयर वितरण गर्ने सूचना प्रकाशित गरेको छ।



jibss

चन्द्रागिरि नगरपालिकाले जारि गरेको सुचनामा कृषि विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा ईलेक्ट्रिक स्प्रेयर वितरण गर्ने कार्यक्रम रहेको हुँदा चन्द्रागिरि नगरपालिका भित्रका ईच्छुक कृषि उधमि / कृषक समुह / कृषि समुह / कृषि सहकारी/निजि फर्मले सूचना प्रकासन भएको मिति २०७९ / १२ / २२ गते देखि १५ दिन (२०८०/०१/०६) गते कार्यालय समय भित्र तपशिल बमोजिमको कागजात सहित नगरपालिकाको कृषि विकास शाखामा माग निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासन गरिएको छ ।

साथै कृषकहरुले व्यहोर्नु पर्ने २५ प्रतिशत वापतको रकम रु १२५० (अक्षेरुपि रु एक हजार दुई सय पचास) मात्र नगरपालिकाको कृषि विकास शाखामा निवेदन साथ वुझाउन हुन अनुरोध गरेको छ ।
आवश्यक कागजात
१. ईलेक्ट्रिक स्प्रेयर माग गरेको निवेदन ।
२. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
१३. निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
४. कृषक समुह / कृषि फर्म / सहकारी संस्था को हकमा सम्बन्धित निकायमा दर्ता तथा नविकरण भएको प्रमाण पत्रको प्रतिलिपि
बोधार्थ
श्री १५ वटै वडा कार्यालय, चन्द्रागिरि नगरपालिका ।