१५ दिन भित्र अव्यवस्थित तार हटाउन चन्द्रागिरि नगरपालिका वडा नं ८ को निर्देशन

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले अब्यबस्थित तार व्यबस्थापन गर्नुहन सार्वजनिक सुचना जारि गरेक छ।

च.न.पा ८ वडाध्यक्ष प्रल्हाद रिजाल द्वारा जारि गरिएको उक्त सुचनामा मा यस चन्द्रागिरि नगरपालिका वडा नं. ८ अन्तर्गत विभिन्न स्थानमा बिजुली वत्ती दुरसंचार, टि.भी केबल तथा इन्टरनेटको लागि जडान गरिएका तारहरु अब्यबस्थित भई दुर्घटना हुन सक्ने जोखिम युक्त अबस्थामा रहेको देखिएकोले तुरुन्त (१५ दिन भित्र ) व्यबस्थापन गरि जोखिम न्युनीकरण गर्न आवश्यक सहकार्य गर्नुहुन सम्पुर्ण सरोकारवालाहरुमा यस सुचना मार्फत जानकारी गराएको छ ।