एक घण्टामै चन्द्रागिरिदेखि चितवन पुग्ने द्रुतमार्ग बनाउने सरकारको घोषणा

सरकारले चन्द्रागिरिदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने पहिलो चरणमा निर्माण गरिने बताए ।

त्यस्तै नागढुंगा-मुग्लिन सडकका विस्तारका लागि  रू. १० अर्ब विनियोजन गरिएको छ ।