युनाईटेड स्पोर्ट्स क्लव द्वारा प्रथम युनाईटेड कप व्याडमिण्टन प्रतियोगिता-२०७८” को शुभारम्भ

chandragiri united sports club
युनाईटेड स्पोर्ट्स क्लव प्रथम युनाईटेड कप व्याडमिण्टन प्रतियोगिता-२०७८” को शुभारम्भ गरेकाे छ ।

चन्द्रागिरि १२ हरियाली आवसमा एक कार्यक्रमका विच चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले प्रथम युनाईटेड कप व्याडमिण्टन प्रतियोगिता-२०७८” को प्रथम युनाईटेड कप शुभारम्भ गरेका हुन् ।



jibss


व्याडमिण्टन खेलको विकास गर्ने प्रमुख उद्देश्यका साथै खेलाडीहरुको खेल प्रतिभालाई अझ प्रस्फुटन गरी शारीरिक, मानसिक र सर्वाङ्गीण विकास गर्ने उद्देश्यले प्रतियोगिता अायाेजना गरिएको युनाईटेड स्पोर्ट्स क्लव अध्यक्ष नारायण प्रसाद सिग्देलले बताए । 

कार्यक्रममा बाेल्दै चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले स्वस्थ जिवनका लागि खेलकुद भएका कारण अाउट डाेर र ईन्डाेर खेलका लागि सवै वडाहरूमा पुर्वाधार विकासमा लगानी गरिरहेकाे बताए । नगर प्रमुख गिरीले भने,” शिक्षा,पुर्वाधार र राेजगारी मात्र नभई स्वास्थ नागरिक बनाउन खेलकुद महत्त्वपूर्ण विषय भएकै कारण खेलाडीहरूकाे खेल पाउने अधिकारलाई हामीले उच्च प्राथमिकतामा राखेका छाै ।” 

कार्यक्रममा क्लवका संरक्षक व्याडमिण्टन खेलाडी राजकुमार पोख्रेल, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी उद्योगी, व्यवसायी, शिक्षासेवी तथा खेलप्रेमी उपस्थिती रहेको थियो । खेल ३ वटा ईभेन्ट्टमा ३२ वटा टिम सहभागी भएका छन् ।