
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिका वडा नं १२ ले पौराणिक तथा मौलिक नाम जगेर्ना गर्ने सम्बन्धि सार्वजनिक सूचना जारि गरेक छ।
च.न.पा १२ का का. वा. वडा अध्यक्ष अन्जित सापकोटा द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिका वडा नं. १२, बलम्बु अन्तर्गतका विभिन्न बस्ती तथा टोलहरुको नाम, बस्ती विकासका क्रममा नयाँ बस्ती बसाल्ने समुदायले आ-आफ्नो अनुकुल अनुसारका नामाकरणले गर्दा परापुर्व कालदेखि चल्दै आएको प्रचलित तथा प्राचिन ठाउँहरुको पौराणिक तथा मौलिक नामहरु हराउँदै गइरहेको कारणले गर्दा नामाकरण गरिसकेको स्थानहरुमा नयाँ नामाकरण हटाई पुरानै पौराणिक तथा मौलिक नामाकरण गरी पौराणिकता तथा मौलिकता बचाउन सहजिकरण गरिदिनुहुन सम्पूर्ण वडावासीहरुमा यसै सूचना मार्फत जानकारी गराईन्छ ।
साथै अब उप्रान्त नामाकरण गर्न सम्बन्धित स्थानिय बासिन्दाहरुसंग सोधपुछ तथा सल्लाह गरी वडा कार्यालयबाट सिफारिस लिई र नगरपालिकाबाट स्वीकृति लिएर मात्र नामाकरण गरिदिनुहुन समेत अनुरोध गरिएको छ ।