चन्द्रागिरि नगरपालिका-१४ नैकापमा ३८ वर्षीय युवा मृत अवस्थामा फेला

काठमाडौं, असोज २९ गते । काठमाडौंको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ नैकापमा एक र बुढानीलकण्ठ नगरपालिका–१० कपनमा एक गरी दुई जना मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नैकापको आदर्श टोलस्थित निर्माणाधीन घरमा मिस्त्री काम गर्ने ३८ वर्षीय राजु श्रेष्ठ सोही ठाउँस्थित शौचालयभित्र र बुढानीलकण्ठ नगरपालिका–१० कपन शिवमन्दिर नजिक सडक अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक ३० वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन ।