चन्द्रागिरिमा निर्माणाधिन भवन भर्या्ङ मुनि रहेको रिजर्भ ट्यांकीको पानीमा डुबेर एक बालकको मृत्यु

चन्द्रागिरि नगरपालिका–११ सतुङ्गल स्थित बिष्णु देवी परिसरभित्र रहेको निर्माणाधिन ध्वाका भवनको भर्या्ङ मुनि रहेको रिजर्भ ट्यांकीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङ हुन। उनको आइतबार साँझ मृत्यु भएको हो।

साथिहरु सङ लुकुमारी खेल्ने क्रममा रिजर्भ ट्यांकी खसेका सबिन तामाङ गम्भीर घाइते भएका थिए भने डुबेर अशक्त भएका उनको नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो।