च.न.पा को १५ वटै वडाहरुमा वडास्तरीय बाल अधिकार समितिको गठन साथै क्षमता अभिवृद्धि तालिम सुसम्पन्न ।

बाल विकास समाज, कपन काठमाण्डौले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी र चन्द्रागिरी नगरपालिकाको समन्वयमा “ईटा उद्मोगमा रहेका बालबालिकाको उत्थानशिल बिकास परियोजना” ईटा उद्योगका श्रमिक र बालबालिकालाई लक्षित गरि संचालन गरिरहेको छ । उक्त परियोजनाले बालश्रम अन्त्यको लागि नेपाल सरकारको बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना कार्यान्वयन गर्नका लागि नगरपालिकाको अगुवाईमा सेवामूलक तथा अधिकारमुलक कार्यक्रमहरु संचालन भइरहेको छ ।

चन्द्रागिरी नगरपालिकाको समन्वयमा बाल अधिकारको प्रवद्र्धन र सम्वद्र्धनको लागि वडा नं. १ देखि १५सम्ममा बालअधिकार समितिको गठन भइसकेको छ भने समितिका पदाधिकारीहरुलाई ३÷३ दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम उपलब्ध गराई सकेको छ ।

क्षमता अभिवृद्धि सम्बन्धी तालिममा वडा न.ं ३, ९, १२ र १४ लाई मार्च २०१९ मै उपलब्ध गराई सकेको र बाकि रहेका वडाहरु जस्तै वडा न.ं १, २, ४, ५, ६, ७, ८, १०, ११, १३ र १५ लाई जुलाई ५ देखि १२ सम्म चन्द्रागिरी नगरपालिकाको महिला विकास अधिकृत रश्मी श्रेष्ठको अगुवाईमा गठन गरिएको थियो भने उक्त गठित समितिका छनौट वडाका ५ जनाका दरले पदाधिकारीहरुलाई ३÷३ दिने क्षमता अभिवृद्धि सम्बन्धी तालिम बालअधिकार कर्मी चन्द्रिका खतिवडाबाट सहजिकरण गर्नुका साथै सह—सहजकर्ताको रुपमा निना मर्हजनबाट सहयोग प्रदान गरेको थियो ।

उक्त तालिमबाट सहभागीहरुले बाल अधिकार, अवधारणा, विशेष अधिकार, बाल अधिकार सम्बन्धी कानुनी ब्यबस्था, बाल अधिकार सम्बन्धी महासन्धीमा ब्यबस्था भएका बाल अधिकार, बाल सहभागिता, बाल संरक्षण, विशेष संरक्षणमा रहेका बालबालिकाको आवश्यकता, संरक्षण र तिनको भूमिका, घटना ब्यबस्थापन र यसका चरणहरु, विपद् जोखिम तथा ब्यवस्थापन, स्थानिय तहमा बाल अधिकार र संरक्षण सम्बन्धी सवालहरु, र कार्य योजना जस्ता विषयमा दक्षता हासिल गरेका थिए ।

तालिम २ वटा समूहमा गोदावरी भिलेज रिसोर्टमा प्रदान गरिएको थियो । उक्त तालिममा ५६ जनाको सहभागिता रहेको थियो । चन्द्रागिरी नगरपालिकाबाट नगरप्रमुख घनश्याम गिरी, उप—प्रमुख लिशा नकर्मी, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल लगायत महिला विकास अधिकृत रश्मी श्रेष्ठबाट तालिमको सहभागितालाई हौसला प्रदान गर्नुका साथै शुभकामना प्रदान गर्नुभएको थियो । स्थानिय तहको बाल संरक्षणका सवालहरुको बिषयमा प्रभावकारी छलफल गर्दै स्थानिय तहबाटै बाल संरक्षणको लागि बजेट छुट्याउने, सेफ हाउस जस्ता पुर्नस्थापनाको ब्यबस्था समेत गर्ने प्रतिबद्धता नगर प्रमुख र उप—प्रमुखबाट मौखिक प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाश सुनुवार
बाल संरक्षण अधिकृत
बाल बिकास समाज