काठमाडौं, २ माघ । काठमाडौंको चोभारमा कार दुर्घटना भएको छ । चोभारबाट खोकनातर्फ जाँदै गरेको कार जलविनायक मन्दिर नजिकबाट बागमती नदी किनारमा खसेको हो।प्रहरीका अनुसार अम्बिका लामिछानेले चलाएको बा ५ च ५६५४ नम्बरको कार खसेको हो ।
कारमा सवार लामिछानेको उद्धार गरी प्रहरीले बयोधा अस्पतालमा पुर्याएको छ भने कारमा अरू पनि कोही सवार थिए/थिएनन् भन्नेबारे प्रहरीले बुझिरहेको छ। ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीका जनाएको छ ।
तस्बिरः ज्ञानेन्द्र महर्जन
Leave a Reply
You must be logged in to post a comment.