चन्द्रागिरि डाँडामा परेको हिउँमा रमाउँदै नागरिक

२१ माघ ०७८, काठमाडौं । पश्चिमी वायुको प्रभावपछि यस वर्ष तेश्रोपल्ट राजधानीमा झमझम पानी परेको छ ।
शुक्रबार मध्यान्ह राजधानीमा समेत हिउ पर्यो। हिउ परेपछि राजधानीनजिकका पहाड मनमोहक देखियो ।

यिनै पहाडमा हिउ खेल्न उपत्यकाबासी पुगेका थिए । राजधानीको चन्द्रागिरि  मा हिउ खेल्नेको लस्कर लागेको थियो ।

राजधानीको दहचोक, दलचोकी, फुलचोकी, तिनपाने भञ्ज्याङ,लाकुरीभञ्ज्याङ,नगरकोट र नागार्जुनलगायतका पहाडमा समेत हिउ खेल्नेको भीड थियो । हेरौं यिनै पहाडमा हिउमा रमाउनेहरुको सुन्दर दृश्यहरु :

तस्बिर:- रासस