नागढुङ्गाबाट लागूऔषध सहित धिरज भण्डारी पक्राउ

1743

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्‍छी गाउँपालिका-४ बस्ने २४ वर्षीय धिरज भण्डारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ०३२६ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार धिरजले सिमेन्टको बोरामा लुकाई ल्याउँदै गरेको उक्त गाँजा सहित फेला उनलाई पक्राउ गरेको हो ।