कीर्तिपुरमा एक युवा मृत फेला

कीर्तिपुर नगरपालिका वडा नं.३ को दिखु घाट क्षेत्र जाने बाटोनजिक कुंवामा घाेप्टिएकाे अवस्थामा एक जना युवाको शव फेला परेको छ। अन्दाजी ३०-३१ वर्षका देखिने एक अपरिचित पुरुषको लास फेला परेको हाे ।

घटनास्थलमा सिरिञ्ज र लागू अाैषध एम्पुलका स-साना सिसीहरू फेला परेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

प्रहरीका अनुसार पहिचान खुल्ने कुनैपनि वस्तु फेला नपरेको र लास नालीमा घाेप्टिएकाे अवस्थामा पुरै हिलाम्मे फेला परेको हाे । घटना मुचुल्का गरि ती युवाको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएकाे छ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।