घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, असार १७ गते । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएका पहेँलो धातु आज प्रतितोला तीन सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार २१० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।