समाज कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित २०७९, ६ पुष बुधबार ११:१४ काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । बुधबार बिहान भएको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै देउवा निर्वाचित हुनुभएको हो । पार्टी सभापतिसमेत रहनुभएका देउवाले ६४ र थापाले २५ मत पाउनुभयो । Related