देवदर्शन सहकारीको आयोजनामा स्वास्थ्य शिविर, चार सय बढीले लिए सेवा

62

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोेजना गरेको छ । संस्थाले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शिविरमा २९५ जनाले आँखा जाँच र १४९ जनाले निस्शुल्क सुगर प्रेसर जाच गराएका थिए ।

त्यसका साथै ३५ जनाले नशा, हाडजोर्नी, छाला तथा यौनरोगसँग सम्बन्धी विशेष परामर्श सेवा लिएको संस्थाले जनाएको छ । आँखा शिविरको क्रममा १० जनामा मोतिबिन्दु भेटिएकाले उनीहरुको निःशुल्क सल्यक्रियाको व्यवस्था मिलाइएको छ ।

देवदर्शन सहकारीले तिलगंगा आँखा अस्पताल गौशाला र मेडपोइन्ट अस्पताल सतुङ्गलको प्राविधिक सहयोगमा शनिबार सो शिविर सञ्चालन गरेको हो ।