
देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ बर्ष पूरा गरि १४ औं बर्षमा प्रवेस गरेको उपलक्ष्यमा मातातीर्थ बृद्दा आश्रममा भाडाकुडा सहयोग संस्थाका अध्यक्ष राम नारायण घिमिरे, सचीव राम तामाङ, प्रबन्धक प्रबिन सिलवाल तथा सन्चारकर्मी रोशन दानी, बलम्बु प्रहरी प्रभागका प्रहरी निरीक्षक शुभद्रा वाइवा र कर्मचारीहरुको उपस्थितिमा गरेको छ।
सो सहकारी संस्थाले आफ्नो बार्षिक उत्सवको अवसरमा मिति २०७९/०३/११ गते शनिबारको दिन संस्थाको प्राङ्गणमा ५ औं बृहत रक्तदानको आयोजना पनि गर्ने जानकारी दिएको छ। देव दर्शन सहकारी चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ दाउरा डिपोमा प्रधान कार्यालय रहेको संस्थाले आफ्नै सुबिधा सम्पन्न भवनबाट सदस्यहरूलाई सेवा दिदै आइरहेको छ।
You must be logged in to post a comment.