दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी कार्यालय धादिङले अन्तक्रिर्या कार्यक्रम गरेकाे छ ।
जिल्ला ट्राफिक कार्यालय धादिङले यातायात समितिका अध्यक्ष, व्यवस्थापक, सन्चालक तथा प्रतिनिधिहरु सँग परिचयात्मक तथा अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेकाे हाे ।
जिल्ला ट्राफिक कार्यालय धादिङ प्रमुख प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले दुर्घटना न्युनिकरण गर्न जिल्लामा विशेष अभियान तथा सचेतता अभियान थाल्नी गरेकाे बताए ।
अन्तर्क्रीयामा नजिकिदै आइरहेको नेपालिहरुको महान पर्वहरु बडादशै, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरि सुरक्षित तवरले यात्रुहरुलाइ सहज रुपमा गन्तव्य सम्म पुर्याउने, अनिवार्य भाडादर यात्रुले देख्नु ठाउमा टास गर्ने, तोकिएको भन्दा बढी भाडा नलिने र सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने भन्ने जस्ता महत्वपुर्ण विषयमा छलफल भएकाे छ ।
धादिङ जिल्ला भएर चल्ने विभिन्न यात्रुबाहक र मालबाहक सवारी साधनहरूकाे पार्टपुर्जा सुरक्षित हुनु पर्ने,क्षमता भन्दा वढि यात्रुहरू चढाउन नहुने लगायत विषयमा छलफल भएकाे थियाे ।
त्यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला धादिङ धुनिवेशी नपा ०९ खत्रीपौवा स्थित त्रिभुवन लोकमार्गमा चालक,सहचालक, पैदलयात्री तथा यात्रुहरुले ध्यान दिनुपर्ने कुराहरु उल्लेखित पर्चा पम्प्लेट वितरण गर्नुका साथै सवारी चालक सहचालकहरुलाइ ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । अस्थायी ट्राफिक पोस्ट खत्रीपौवाका इन्चार्ज प्रनानि निरज गौतम सहितको टोलि सहित दुर्घटना न्युनिकरण अभियान सञ्चालन गर्दै आईरहेकाे छ ।