कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

1009
accident

काठमाण्डौ ,साउन ३१। कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गए राति करिब पौने ११ बजे बा७३प ६०१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको घरको सिँडीमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका कीर्तिपुर बस्ने कञ्चनपुरको बेलौरी नगरपालिका–३ का ३२ वर्षीय दयाराम चौधरीको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा गए राति नै मृत्यु भएको जनाइएको छ ।