
चन्द्रागिरि।
तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरि नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै वीरेन्द्रको वंशनाश भएको हत्याकाण्ड अझै पनि रहस्यकै गर्भमा छ ।
हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।
अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो । तर अहिलेसम्म कसैले उक्त रिपोर्ट स्वीकार गर्न सकेका छैनन् ।