काठमाडौंमा भूकम्पको धक्का महशुस,भक्तपुरको सल्लाघारी क्षेत्र केन्द्रविन्दु

काठमाडौं । काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएकाे हाे ।

भक्तपुरको सल्लाघारी क्षेत्र आसपास केन्द्रविन्दु भएको भूकम्प गएको हाे । भूकम्प मापक केन्द्रका अनुसार  भूकम्प ३.५ रेक्टर स्केलको रहेको थियो ।