चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौँ। चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौँ आइपुग्नेछ ।

नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको खोप ल्याउन लागिएको हो । चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ ।