सरकारले विद्युत महसुल पुनरावलोकन गरिने

सरकारले खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै विद्युत महशुल दर पुनरावलोकन गर्ने घोषणा गरेकी हुन् ।

उनले विद्युत खपत बढाउँन र खाना पकाउने ग्यासको विस्थापन गर्न विद्युत महशुल दर पुनरावलोकन गर्ने उल्लेख गरेकी हुन् । त्यस्तै उनले  निजि क्षेत्रलाई पनि विद्युत ब्यापारमा समावेश गराउने  घोषणा गरेकी छिन्।

दुई वर्षभित्र सबै पालिकामा विद्युतीकरण गर्न लगानी वृद्धि गरिने, विपन्न वर्गका लागि निःशुल्क विद्युत् मिटर जडान गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।