
नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रले शनिबार मच्छेगाउँ फिडरका विभिन्न क्षेत्रमा विद्युत अवरूद्ध हुने जनाएको छ ।
सो फिडर अन्तर्गत पर्ने साईराम चोकदेखी गाम्चा चौरसम्म हाइटेन्सन कन्डक्टरको स्तरोन्नति गर्नका लागि शनिबार बिहान १०ः३० देखी साँझ ५ः३० बजेसम्म सो फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुनेछ ।
प्राधिकरण स्रोतका अनुसार साईराम चोक, गाम्चा चौर, माथिल्लो सल्यानथान, शिव मन्दिर, झूल्पोखरी, एकता बस्ती, नयाँ बस्ती क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ।