प्रथम हिसान म्याराथन २०२३ सम्पन्न

61

जेठ, २२ काठमाडौ । हिसान काठमाडौँ जिल्लाले आयोजना गरेको म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। बिश्व वातावरण दिवसको अवसरमा आयोजित “FIRST HISSAN MARATHON – 2023” सम्पन्न भएको हो।म्याराथन प्रतियोगिता युवा तथा खेलकुद मन्त्री डिक बहादुर लिम्बुले रिवन काटेर उद्घघाटन गर्नुभयको थियो। ३०० (तीन सय) जना विद्यार्थीहरु सहभागी रहेको उक्त म्याराथन काठमाडौको थापाथली स्थित ट्रेड टावरबाट शुरु भई माइतीघर, बानेश्वर, सिभिल हस्पिटलबाट फर्किएर पुन: ट्रेड टावरको अगाडि आएर टुङ्गियो ४ कि. मी म्याराथन प्रतियोगितामा छात्र तर्फ प्रथम, द्वितीय, र तृतीय पिनाकल कलेजका विद्यार्थी बिकेश घिमिरे, बिनय राई, नकुल घर्ती भए भने सान्त्वना पुरस्कार लक्ष्मण तामाङ चौथो, मनोज तामाङ पाँचौ अमित बोहोराले छैटौं स्थानमा रहे।त्यसैगरी छात्रा तर्फ रिदिया राई प्रथम, अस्मिता तामाङ द्वितीय, सुक्लामो तामाङ तृतीय, र सान्त्वना पुरस्कार पबित्रा गिरि चौथो, सुस्मिता राई पाँचौ र चाँदनी बिष्ट छैटौं स्थानमा रहनु भयो प्रतियोगितामा सहभागी छात्र तथा छात्रा दुबैतर्फ प्रथम हुने खेलाडिहरूले नगद रु. १५ हजार, द्वितीय रु.१० हजार र तृतीय हुने खेलाडिले रु. ५ हजार प्राप्त गर्नु भयो भने चौथो, पाँचौ र छैटौं हुने ३/३ जना विद्यार्थीले रु ३ हजार नगसहित पुरस्कृत हुनु भयो।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलकुदले विद्यार्थीहरुको क्षमता अभीवृद्धि गर्नुका साथै अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सघाउने भन्दै यस्ता खालका कार्यक्रमहरु अज व्यापक बनाउनु पर्ने भन्दै आफ्नो मन्तब्य राख्नु भएको थियो।

हिसान काठमाडौ जिल्लाका अध्यक्ष शिवप्रसाद अधिकारीले म्याराथनमा सहभागि हुने सबै विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई विभिन्न खेल तथा रचनात्मक क्रियाकलापहरुमा अझ धेरै आयोजना र सहभागीता बढाउने भन्दै स धन्यबाद मन्तब्य राख्नु भयो। उक्त प्रतियोगीतामा चन्द्रागिरि नगरपालिका बाट ब्राइट फ्युचर कलेज र जेसिस इन्टरनेशल कलेजले सहभागी रहेका थिए।