जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ललितपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका-१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका-५ घर भएका ३५ वर्षीय ईलिभास मिया रहेका छन् । उनीहरूले ती महिलालाई ईमाडोल सेतीपाखास्थित निजहरूको डेरा कोठामा लगी आइतबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका-१ गोदामचौरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।