सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

gold

काठमाडौं, साउन ३ गते । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय थियो ।



jibss

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपियाँले घटेर एक हजार १६० रुपियाँ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।